ताम्रकार फुटसलको उपाधि करुणामय मेटललाई



नेपाल समाचारपत्र, काठमाडौं
करुणामय मेटल क्राफ्टले तेस्रो ताम्रकार फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा करुणामय मेटलले द फोरगो टे«डिङलाई टाइब्रेकरमा ३–२ ले हराउँदै उपाधि जित्यो । निर्धारित समयसम्म दुबै टोलीबाट गोल हुन सकेको थिएन । यसअघि सेमिफाइनल खेलमा करुणामय क्राफ्टले श्री बंगलामुखी फर्निचरलाई १–० गोलअन्तरले हराएको थियो । अर्को खेलमा भने द फोरगोले साहिल मेटल क्राफ्टस्लाई टाइब्रेकरमा पराजित गरेको थियो ।

हिजै भएको यु १४ प्रतियोगिताको फाइनल खेल ब्ल्यु वेभ्स्ले जितेको छ । फाइनलमा ब्ल्यु वेभ्सले येलो युनाइटेडलाई टाइब्रेकरमा ४–३ ले पन्छाएको थियो । महिलातर्फ मैत्री खेलमा टिम रेडले टिम ब्ल्युलाई ५–१ गोलअन्तरले पराजित ग¥यो ।

प्रत्येक शनिबार गरी तीन हप्ता चलेको ताम्रकर फुटसल प्रतियोगितामा सबैभन्दा बढी गोल साहिल मेटलका लेउसन राजकर्णिकारले गरे । त्यस्तै उत्कृष्ट खेलाडीमा करुणामयका दिनेश ताम्रकार र उत्कृष्ट गोलकिपरमा फोरगो ट्रेडिङका शानीध्य चित्रकार घोषित भएका थिए । प्रेसिडेन्ट च्वाइसमा द फोरगोका खेलाडी शुभाषीन ताम्रकार घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्