पुवा दोस्रो जलविद्युत् आयोजनालाई लगानी जुट्यो



काठमाडौं, (नेस)
पिपल्स पावर लिमिटेडले इलामको साँखेजुङ र माइपोखरी भई बग्ने पुवा खोलामा निर्माण गरिरहेकोे ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा दोस्रो जलविद्युत् आयोजनामा ऋण लगानीको सम्झौता भएको छ ।

नेपाल बंगलादेश बैंक र आयोजना सञ्चालक कम्पनी पिपल्स पावर लिमिटेडबीच उक्त ऋण सम्झौता भएको हो । ९० करोड रुपियाँ कुल लागत रहने आयोजनामा बैंकले ६० करोड ऋण र प्रवद्र्धकको तर्फबाट ३० करोड स्व पुँजी लगानी भई आयोजना सम्पन्न हुनेछ ।

ऋण सम्झौता कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुरेन्द्र भुषण श्रेष्ठ र जबदी इक्बालका साथै कम्पनीका तर्फबाट सञ्चालकद्वय टंक अर्याल र सन्तोषराज नेपालको समुपस्थितिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले र कम्पनीको तर्फबाट अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त आयोजना र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भई विद्युत् उत्पादन अनुमति पत्र प्राप्त गरी आयोजनाले करिब २५ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्