श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु



सिर्जना पन्त, बागलुङ ।
बागलुङको ताराखोला गाउँपालिका–२ मा श्रीमानको कुटाईबाट ७० वर्षीया एक वृद्धाको मृत्यु भएको छ ।
सामान्य घरायासी विवादको क्रममा मादक पदार्थ सेवन गरेका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको मृत्यु भएको हो । असोज ५ गते साँझ मादक पदार्थ सेवन गरेर आएका देउप्रसादले तुलमायाको टाउँका लौराले हानेका थिए ।

उनको कुटाईबाट घाईते भएकी तुलमायालाई प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा ल्याईएको भएपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक गोपिन्द्र बहादुर खड्काले बताउँनुभयो । शुक्रबारनै देउप्रसादलाई प्रहरीले स्वास्थ्य चौकिबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्