बैदेशिक रोजगारीको पीडाः सिन्दुर पुछियो खुसी खोसियो



कृष्णउदास खनाल, वीरगन्ज ।
बारा जिल्लाको बधुवनमा जन्मिएकी नानुकाको २०६४ सालमा मकवानपुरका कमल ढकालसँग विवाह भयो । मकवानपुरको गौरीटारमा पुगेपछि नानुका ढकाल सुखी नै थिइन् खुसी नै थिइन । एक छोरा र एक छोरीकी आमा भएकी उनी छोराछोरी हुर्कदै गर्दा मनमा चिसो पस्दै जान थाल्यो । उनका पति कमल दाहाल पनि घरमै खेती किसानकै काम गर्दथे ।

छोराछोरी हुर्कदै गर्दा कमल बैदेशिक रोजगारीका लागि कतार जाने सोच बनाउछन् । अन्ततः पत्नी नानुकाकै सहयोगमा र कमल धन कमाउने सपना बोकेर कतार प्रस्थान गर्दछन् । २०७१ साल पुसमा उनी बैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार साढू भाइ कुमार उप्रेतीका साथमा प्रस्थान गर्दछन् । श्रीमान धन कमाएर आउने दिनको प्रतीक्षा गरिरहेकी नानुकाले एक रात नराम्रो सपना देख्न पुग्छिन् ।
उनले जे नहोस् भन्ने सोचेको थिइन त्यही भएर छाड्यो । धन ाउन बिदेशी भूमिमा गएका कमलको उतै निधन भएको खबर पति बितेको तीदिनपछि उनलाई सुनाइयो । कमलको सवारी दुर्घटनामा परी ज्यान गएको थियो । धन कमाएर घर आउने दिन नजिकिदै गर्दा कमलको २०७३ पुस १० गते मृत्यु भएको खबर आयो। दश बर्षकी छोरी र पाँच बर्षको छोरो काखमा च्यापेर अहिले नानुका माइतीको संरक्षणमा हेटौंडा कमानेमा बस्छिन्। एक त पति बियोगको पीडा त्यसमा पनि समाजले हेर्ने दृष्टिकोणले घरी घरी उनी मुर्छामा पर्ने गरेको बताउछिन् ।

मुख्य कमाउने मान्छेकै ज्यान गएपछि आफूले छोराछोरीको लालनपालन गर्न नै नसकेको उनी बताउछिन्। शनिबार वीरगन्जको बसपार्कमा लालाबाला सहित भेटिएकी ढकालले खनफूले नत राम्रोसंग पढाउन सकेको नत राम्रो लुगा नै दिन सकेको भन्दै गहभरी आँशु लिएर नेपाल समाचारपत्रसँग आफ्नो पीडा सुनाइन् । छोराछोरीले दशैं तिहार आउदा हाम्रो बाबा पनि आउनु हुन्छ मामु भनेर बच्चाले भन्दा उनको हृदयले ठाउँ छाड्छ । आफू यसैपनि गरिब डाँडामाथिको जुन भइसकेको अवस्थामा छोरीको पीडा देख्दा आफूलाई साह्ै पीडा हुने गरेको गुनासो नानुकाका पीता रामहरि अधिकारी गर्दछन् ।

बिदेशी भूमिमा ज्यान गुमाउनेको दर डरलाग्दो
रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ ।

आर्थिक वर्ष २०७३र७४ मा वैदेशिक रोजगारीका क्रममा ७ सय ५५ नेपालीको मृत्यु भएकोमा गत आवमा यो संख्या बढेर ८ सय २१ पुगेको छ । आव २०७४/७५ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारको संख्या ८ सय २१ रहेकोे वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको छ । गत आवमा सबैभन्दा बढी २ सय ८९ नेपाली युवाको मृत्यु मलेसियामा भएको थियो भने दोस्रोमा साउदी अरब २ सय ३ र कतारमा १ सय २३ जना रहेका थिए । तर विगत ३ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी नेपाली कतार ३ लाख ५३ हजार, मलेसिया २ लाख ६० र साउदी अरब २ लाख ५३ हजार गएको देखिन्छ । यसरी हेर्दा धेरै कामदारको भएका देशमा मृत्युदर कम देखिएकोे छ ।

यसरी नै आर्थिक वर्ष २०७३/७४ मा विदेश गएर श्रम स्विकृति अवधिमा ७ सय ५० कामदारले ज्यान गुमाएका थिए । यसरी करार अवधिमै ज्यान गुमाउने ७ सय ५० कामदारका परिवारले बोर्डबाट एक वर्षमा ३ लाख रुपैयाकाँ दरले २२ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति लिएका थिए । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका निर्देशक मोहन अधिकारीले मृतक र अंगभंग भएका नेपाली कामदारले पाउने सहायताको प्रावधान एक वर्ष बढाएका कारण मृत्युदर बढेको बताए । यसअघि श्रम स्वीकृतिको अवधिभित्र मृत्यु भएका नेपालीले मात्र आर्थिक सहयोग पाउँदै आएका थिए । उनले भने “केही महिनाअघि वैदेशिक रोजगार ऐन संशोधन गरी श्रम स्वीकृतीको अवधि समाप्त भइ १ वर्ष पूरा नगरेका मृतकका आफन्तले पनि सहायता पाउने प्रावधान राखेपछि मृतकको संख्या बढेको हो ।

अंगभंग हुने पनि बढेयसरी नै गत वर्ष मात्र रोजगारीका क्रममा अंगभंग भएका ३२५ युवाले ६ करोड ६ लाख रुपैया सहयोग लिएको तथ्यांक छ । आव २०७२/७३ मा १४० र २०७३/७४ मा २०० जना अंगभंग भएका युवाले क्रमशः १ करोड ९० लाख ७४ हजार र २ करोड ८८ लाख २५ हजार रुपैयाँ सहयोग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्