नथाक्ने सरकारको बयान



दुई तिहाई, तीन तिहाई माने चार तिहाई अर्थात सतप्रतिशत यो भो हिसाबको कुरा तर यो हिसाबका बारेमा धेरैलाई नै थाहा होला। यति धेरै भएपछि मुलुकमा के–के हुन्छ भन्ने थाहा नै छैन। मुलु्कमा अहिले २ तिहाई वाला सरकारको रजगजी छ। प्रधानमन्त्री दिन दिनै हास्यब्याङग्यका कलाकारहरूले जगत हसाएजस्तै गरी हसाउन सिपालु हुनुहुन्छ। अव चाही मुलुकमा भोलि बिहान उठ्दा ठुलै परिर्वतन हुन्छ कि भन्ने सपना देखिन्छ। तर परिर्वतन त देखिन्छ राम्रो होईन झन झन नराम्रो।

जता हेर्यो समस्याको पहाडै पहाड केही परिर्वतन भएनन भए त सबै जनताका इच्छाविपरीतका काम मात्र। अहिले दुई तिहाइको फुर्ती लगाउने सरकारको सेखी चालकहरूले झारी दिएका छन्। उनीहरू कानुनमा के छ भन्ने नबुझी हल्लाको भरमा अल्लारे केटाहरूले गर्ने बिठ्याइ गरेजस्तै गरेर हिंडेपछि मुलुकमा विभिन्न समस्या देखा परेका छन।् मुलुकमा अहिले छ भन्दा पछि छैन भन्ने शब्दले बास गरेको धरहराबाट देखिन्छ। राजधानीमा तेल छैन, पानी छैन, बस्ने ठाउँ छैन , खाने कुरा छैन यी आदि कुरा छैन भन्दै जादा पनि सरकार भने समृद्धीको कुरा गर्न थाकेको छैन। जेहोस पाठकबृन्द सरकार अधिनायकवादी हुन्छ कि भनेको लाछी सरकार भयो यो सरकारलाई यही शुभकामना है त पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्