ड्राइभरले बालक पिटेको घटना विवादास्पद



पेरिस, (एजेन्स्ी)
फ्रान्सको राजधानी पेरिसमा एकजना बस ड्राइभरले आफुलाई ‘चुप लाग’ भन्ने एकजना १२ वर्षिय बालकलाई झापड हानेको कारण भाइरल भएको एउटा भिडियो फुटेज निकै विादास्पद हुन पुगेको छ। अनुशासन सम्बन्धी कारवाही हुन लागेका ति ड्राइभरको पक्षमा केरिव तीन लाख मानिसले उनी प्रतिको समर्थन जनाउँद ैयाचिका पत्रमा हस्ताक्षर गरेका छन्।

अचानक सडकमा लापरवाही ढंगले दौडेर आएका ति बालकको ज्यान जोगाउनका लागि ति नाम नखुलाइएका ड्राइभरले बलजफती ब्रेक हानेका थिए। उनले ति बालकलाई होसियार पुर्वक हिंडन नसिहत दिँदा उल्टै बालकले उनको अपान गरेको स्थानिय यातायात निकायले जनाएके छ।

गाला चड्काएको निहुँमा ति बालकका आमाले ड्राइभर विरुद्ध प्रहरीमा उजुरी दर्ता गारएकी थिइन्। गत १३ सेप्टेम्वरमा पेरिसको उपनगर आक्र्युएलको टाउन हल सामु भएको सो घटनाका दर्जनौं प्रत्यक्षदर्शी रहेका छन्।

ति बालकले स्कुल छुटी भएपछि आफ्नो बस समाउन उनी सडकबिचबाट दौडिरहेकेबेला एक्कासी हर्न बजाएर रोकिएको बसबाट ओर्लेका ड्राइभरले आफुलाई बिनाकारण पिटेको प्रहरीलाई बताएका छन्। यता अखवार ले पेरिसिएनले तत्का ति बालकले, ‘चुप लाग, भाग यहााबाट’ भन्दै प्रतिवाद गरेको जनाएके छ। भिडियो फुटेजमा ड्राइभर बसबाट ओर्लिनु अघि किशोर किशोरीहरू हाँसिरहेको र ड्राइभरले अचानक गाला चडकाउँदा बालक स्तब्ध भएको तथा वपरका मानिसहरू चिच्याएको देखिन्छ।

त्यपछि दुई सन्तानका पिता ति ड्राइभरले सो बालकलाई तिमी कति वर्षको भयौ भन ीसोधेका थिए। एन्स्छान्छ मेसेजिंग प्लेटफर्म स्न्यापचयटमा राखिएको यो भिडिायोलाई अहिले सम्म झण्डै १२ लाख मानिसले हेसिकेका छन्। पेसिको पालवहन निकायले भने ड्रायभरको हिँश्रक व्यवहार भन्दै उनीमाथि अनुशासनको कारवही गर्ने जनाएके छ।

साथ ैयस निकाय समक्ष ड्राइभरले आफु निकै आवेशमा आएकले आफुबाट गल्ती भएको स्विकारी सकेका छन्। फ्रान्सका यातायात मन्त्री एलिजावेथ बार्नेले पनि कुनै पनि बालक माथि यस्तो व्यवहार हुनु सामान्य कुरा नभएके जनाएका छन्। तर सामाजिक संजालमा मानिसहरू यसको पक्ष र विपक्षमा विभाजित भएका छन्।

प्रतिक्रिया दिनुहोस्