राष्ट्रपति त्रानको निधन



हनोइ, (एजेन्सी)
भियतनामका राष्ट्रपति त्रान दाइ क्वांग गम्भीर रोगका कारण ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। सरकारी सञ्चार माध्यमले उनको निधनका विषयमा समाचार दिएको हो। आधिकारिक भियतनाम न्युज एजेन्सीले शुक्रबार राष्ट्रपति त्रानको सैन्य अस्पतालमा सेप्टेम्बर २१ बिहान १० बजे निधन भएको उल्लेख गरेको छ।
देश र विदेशका चिकित्सकहरूको सबै प्रयासका बाबजुद लामो समयदेखि बिरामी भइरहेका राष्ट्रपति त्रानलाई बचाउन नसकेको भियतनाम टेलिभिजनले जनाएको छ।

क्वांगलाई राष्ट्रपति पदमा सन् २०१६ मा नियुक्त गरिएको थियो। यसअघि उनी सार्वजनिक सुरक्षा मन्त्री थिए। राष्ट्रपति बिरामी परेको खबर गत १ महिनादेखि सामाजिक सञ्जालमा फैलिएको थियो। उनी अन्तिमपटक गत सेप्टेम्बर ११ मा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको भ्रमणका बेला देखिएका थिए। त्यतिबेला पनि उनी अत्यन्त बिरामी नै देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्