‘स्वामी सत्यदेव : जीवनदर्शन’ सार्वजनिक



काठमाडौं। दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक डा. अभि सुवेदीको प्रमुख आतिथ्यमा स्वामी सत्यदेवद्वारा रचित तथा प्राध्यापक डा. कृष्णचन्द्रद्वारा सम्पादित ‘स्वामी सत्यदेव ः जीवनदर्शन’ कृति हालै सार्वजनिक गरियो। दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित एवम् विमोचित उक्त कृतिबारे बोल्दै प्राध्यापक डा. अभि सुवेदीले स्वामी सत्यदेवजस्ता तपस्वी सन्तका महान् वाणीहरू समेटिएको यस ग्रन्थले समाजलाई रूपान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो।

त्यस्तै प्रमुख वक्ता विद्वान् अरविन्द रिमालले स्वामी सत्यदेवका वाणीहरूले वर्तमान पुस्तालाई नैतिकवान् बनाउने कुरा उल्लेख गर्नुभयो। दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो समारोहमा कृतिका सम्पादक प्रा.डा. कृष्णचन्द्र शर्मा, प्रतिष्ठानका सल्लाहकार कवि ठाकुर शर्मा भण्डारी, महासचिव डा. लेखप्रसाद निरौला र यादव भट्टराईले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा अतिथिका रूपमा रामप्रसाद दाहाल, महेश्वर शर्मा, सूव सेन, डा. मोहनप्रसाद लोहनी, मोहन दुवाल र प्रा. गोपीकृष्ण शर्माको समेत उपस्थिति थियो।

ज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञ
तराई मधेस केन्द्रित ‘शहरविनाको शहर’ प्रकाशित
काठमाडौं। वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को कवितासंग्रह ‘शहरविनाको शहर’ प्रकाशित भएको छ। तराई र मधेसका विभिन्न जिल्लाहरूमा रहेर पुडासैनीले रचेका तराई मधेस केन्द्रित बाउन्न कविताहरू यस संग्रहमा समावेश छन्। वरिष्ठ समालोचक एवं साहित्यकार डा. राजेन्द्र विमलले ‘शहरविनाको शहर’ नेपाली भाषामा रचिएको तराई मधेस केन्द्रित पहिलो कृति भएकाले यसको विशेष महत्व रहेको बताए। यस कृतिले तराई मधेसका समस्या, संस्कार, भूगोल र सम्भावना समेटेर नयाँ ढंगबाट अघि बढाउन खोजेको उनको कथन छ।

प्रतिक्रिया दिनुहोस्