महिला सञ्चारकर्मीहरूलाई सम्मान गरिने



बनेपा। प्रतिभा सम्मान प्रबन्ध गुठीले यस वर्ष महिला सञ्चारकर्मी तथा पत्रकारहरूको सम्मान गर्ने भएको छ। प्रत्येक वर्ष प्रदान गरिँदै आएको उक्त सम्मान सञ्चार क्षेत्रमा समर्पित राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा समेत ख्याति कमाइसकेका सञ्चारकर्मी कृष्णा ताम्राकार (काठमाडौं), सक्रिय पत्रकार भगवती तिमल्सिना (काभ्रे) र सक्रिय युवा पत्रकार सिर्जना दुवाल श्रेष्ठ (बनेपा)लाई जनही रु. १५,०००।– नगदसहित ताम्रपत्र र दोसल्ला प्रदान गरी क्रमशः प्रतिभा पदक, ज्ञानबहादुर पदक र कान्छाभाइ वैद्य पदकद्वारा सम्मान गरिनेछ। यसअघि उक्त सम्मानले हास्यव्यङ्ग्यका चर्चित लेखकहरू मदनकृष्ण श्रेष्ठ (काठमाडौं), हरिवंश आचार्य (काभ्रे) र समाज सेवामा राष्ट्रिय नाम कमाइसकेका डा. अनोजा भिक्षुणी (बनेपा) लाई प्रदान गरिएको हो। यस वर्षको उक्त कार्यक्रम यही असोज १३ गते बनेपामा गरिने प्रतिभा सम्मान प्रबन्ध गुठी, बनेपाका अध्यक्ष मोहन दुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्