काठमाडौंमा चोरको बीगबीगी, पार्किङ स्थानबाटै माइक्रोबस गायब



नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौंमा चोरीको बीगबीगी बढेको छ । काठमाडौंको ढुंगेधारा स्थित पार्किङ स्थानबाटै गाडी हराएको छ । विगत चार वर्षदेखि सोही ठाउँमा पार्किङ गर्ने गरेको बा १ ज ७६५३ नम्बरको किया कम्पनीको माइक्रोबस हराएको छ ।

शुक्रबार राती ११ बजे पार्किङ गरेर छाडेको गाडी शनिबार (आज) बिहान ४ बजे आईपुग्दा पार्किङ स्थानमा नरहेको चालकको भनाई छ ।

सवारी खोजीकार्यका लागि प्रहरीलाई खबर गरिसकेको चालकले बताएका छन् ।

यद्यपी काठमाडौंमा सवारी हराउने खबर नयाँ होईन । यस्ता घटनाहरु कयौं हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्