देउखुरीमा करेन्ट लागेर एकको मृत्यु



दाङ ।
दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँका २७ वर्षीय सुनिल चौधरी रहेको छ । स्थानीयवासी कृष्णप्रसाद पौडेलको घर ढलान गर्ने क्रममा करेन्ट लाग्दा उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कर्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

यसैगरी करेन्ट लागेर घाइते भएका सोही ठाउँका २२ वर्षीय सदन चौधरीेको लमही अस्पतालमा उपचार भइरहेको छ । मृतक पौडेलको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्