भाजपा नेता जौलीको बिवादास्पद टिप्पणी ,त्रिभुवन बिमानस्थल खतराको सुचीमा



काठमाडौ । भारतीय जनता पार्टीका बरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र अन्तराष्ट्रिय बिमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफुले चिठ्ठी लेखेको एक पत्र मार्फत खुलासा गरेका छन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बिषेश सल्लाहकार समेत रहेका जौलीले नेपालको हवाई मैदानका कारण ठुला दुर्घटना भएको र यसको बारेमा नेपालको नागरिक उड्यन प्राधिकरणलाई पटक पटक जानकारी गराउदा समेत बेवास्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुले चिठ्ठी लेखेर काठमाडौ एयरपोर्टको बारेमा जानकारी गराएको भन्दै बिवादास्पद बिज्ञप्ती सार्वजनिक गरेका छन ।
हिन्दी भाषा र अंग्रेजी भाषामा प्रकाशित गरिएको उक्त बिज्ञप्तीमा त्रिभुवन बिमानस्थलको खराव मैदानका कारण युएस बांग्लाको बिमान दुर्घटना भई ४९ जना यात्रु मारिएको र टर्किस एयरलाईन्सको बिमान दुर्घटना भएको भन्दै नेपालमाथि गम्भिर आरोप लगाइएको छ ।
जौलीले जारी गरेको बिज्ञप्तीमा २०१२ सालमा बनेको बिमानस्थल ६३ बर्ष बितिसक्दापनि अहिले सम्म मर्मत नभएको कारण जुनसुकै बेला पनि जस्तो सुकै दुर्घटना हुने चेतावनी दिदापनि नेपालको नागरिक उड्यन प्राधिकरणको आंखा खुल्न नसकेको आरोप समेत लगाइएको छ ।
नेपालको बारेमा खोज गर्दै आएका दीपेन्द्र कडेलले आफुलाई भेटेर नेपालको बिमानस्थलको बारेमा जानकारी गराएको र ८ अगष्ट २०१८का दिन ओमानको राजधानी मस्कटबाट काठमाडौ उडेको ओमान एयरको बिमान काठमाडौ बिमानस्थल अवतरण गर्ने क्रममा बिमानस्थलले धावनमार्ग बिग्रिएको र काठमाडौको मौसम खराव भएको कुरालाई गुमराहमा राखेको कारण बिमानले नेपालको आकाशमा ११ चक्कर लगाउनु परेको जानकारी आफुलाई गराएको बिज्ञप्तीमा उल्लेख छ ।
बिमानले ११ चक्कर लगाउदा समेत बिमान अवतरण गर्न नपाएपछि इन्धनमा कमी आएपछि भारतको लखनउ बिमानस्थलमा अवतरण गराएको भन्ने खवरले आफुलाई दुखी तुल्याएको पनि नेता जौलीले बिज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।
बिज्ञप्तीमा कडेलले १३ अगष्ट २०१८का दिन नेपालका संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारीलाई उक्त घटनाको बारेमा जानकारी गराउदा उहांले सन २०१९ को फेव्रुअरी २८ बाट पुनर्निमार्ण शुरु गर्ने घोषणा गर्नु भएको पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
जौलीले काठमाडौ बिमानस्थल अन्तराष्ट्रिय बिमानको उडानकोलागि अयोग्य भएको भन्दै नेपाल सरकारलाई तत्काल कदम चाल्न पनि आग्रह गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्