दुई दिनसम्म पनि खुलेन स्वास्थ्य चौकीमा गरिएको तालाबन्दी



विनोद सिंह विष्ट, बैतडी ।
कर्मचारी नियुक्तीको बिषयमा बिवाद हुँदा बैतडीको पुर्चौडी नगरपालिका ९ स्थित तल्लादेही स्वास्थ्य चौकीमा बिहीवारदेखि गरिएको तालाबन्दी आज पनि कायम रहेको छ ।

स्वास्थ्यचौकीमा सञ्चालनमा आउने तयारी भएको प्रयोगशालाका लागि नगरपालिकाले कर्मचारी छनौटमा आफूलाई नपारेको भन्दै त्यहाँका केही स्थानीयले बिहीवारदेखि स्वास्थ्यचौकीमा तालाबन्दी गरेको तल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमन्त साउँदले जानकारी दिए ।

नगरपालिकाले ल्याब असिष्टेन्टका लागि दरबन्दी आह्वान गरेको र सो दरबन्दीमा स्थानीयलाई छनौट नगरेर बाहिरको मान्छे छनौट गरेको भन्दै ल्याब असिष्टेन्टका उम्मेद्वार लोकेश कुमार भण्डारी र उनका सहयोगीले तालाबन्दी गरेको हो ।

नगरपालिकाले स्थानियलाई प्राथमिकता दिइने भनेर कर्मचारीको आवश्यकता माग गरेको भएपनि पछी आएर बाहिरको मान्छेलाई नियुक्त गरेको उनीहरुको आरोप रहेको छ । जग्गादाता समेत रहेका लोकेश कुमार भण्डारीलाई ल्याब असिष्टेन्ट नियुक्त गर्नुपर्ने उनीहरुको माग रहेको बताईएको छ ।
यता नगरपालिकाले भने, स्थानिय भनिएका लोकेश कुमार भण्डारीको सबै कागजातहरु नपुगेकाले नगरपालिका भित्रकै अर्को ब्यक्तिलाई ल्याब असिष्टेन्ट नियुक्त गरेको जनाएको छ । निज भण्डारीबाट मागिएका अन्य कागजात नपुग्नुको साथै उनको नागरिकतामा समेत कञ्चनपूरको देखतभूली ठेगाना रहेको नगर–उपप्रमुख जानकी बमले बताईन् । उनले भनिन्“ अहिले पनि पुर्चौडी नगरपालिकाकै वडा न.८को मान्छेलाई कर्मचारी नियुक्त गरेका छौ, अर्को स्थानिय तह अथवा अर्को जिल्लाको मान्छे ल्याएर राखेका छैनौँ र लोकेशलाई कागजात ल्याउ भनेर पटक पटक भन्दा समेत ल्याएनन् र अर्कोब्यक्तिलाई ल्याव असिष्टेन्ट नियुक्त गरेका हौँ”

स्वास्थ्यचौकीको ताला खोल्नको लागी वडा कार्यालयले सबैसंग छलफल गरिरहेको पुर्चौडी नगरपालिका वडा न.९का वडाअध्यक्ष रम्बा बोहराले बताए । उनले भने “ यो कुरा नगरपालिकामा पनि जानकारी भैसकेको छ हामी सबै पक्षसंग छलफल गरेर स्थीती सहज बनाउन पहल थालिरहेकाछाँ

तल्लादेहि स्वास्थ्यचौकीको ल्याव असिष्टेन्टमा स्थानियबासिलाई कर्मचारी नराखेसम्म आफुहरुले ताला नखोल्ने स्थानियबासिहरुको माग रहेको छ ।
दुई दिनदेखि गरिएको तालाबन्दीले बिरामीलाई समस्या भएको छ । बिरामीहरुलाई चेकजाँच गर्नै पाएका छैनौँ, शुक्रबारपनि एकजना सुत्केरी हुन आएकी महिलालाई मात्रै सुत्केरी गराउन दिए, अन्य बिरामीहरु कसैलाईपनि चेकजाँच गर्न दिएनन्,हामी पनि यसै बसिरहेकाछौँ स्वास्थ्यचौकीका इञ्चार्ज हेमन्त साउँदले बताए । अहिले उपचारको लागी तल्लादेही स्वास्थ्यचौकी पुगेका बिरामीहरु उपचार नगराइ फर्कन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्