अश्लिल साइट बन्द गर्न आग्रह



काठमाडौ ।
इन्टरनेटको माध्यमाबाट हुने यौनजन्य अश्लिल सामाग्री राख्ने साईटलाई सरकारले प्रतिवन्ध लगाएको छ । इनटरनेटको सहज पहुचका कारण यौन जन्य साइटहरुका कारण मुलुकमा यौनजन्य हिंसा बढेको भन्दै दुरसंचार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरुलाई त्यस्ता साइटहरु बन्द गर्न निर्देशन दिएको छ ।

इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना भएको भन्दै संचार तथा सूचना प्रबिधि मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले यौनजन्य साईटहरु प्रयोग नगर्न र प्रयोग गरेको पाइए कारवाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्