अवरुद्ध महाकाली राजमार्गमा सुचारु



विनोद सिंह विष्ट, बैतडी ।
गएराती परेको पानीले सडक माथिवाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग सुचारु भएको छ ।

बैतडीको सतबाँझ – गोकुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका ६ बांगाबगरमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग आज मध्यान्हपछी सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।

पाटनवाट गएको डोजर पहिरो पन्छाएपछी सडक सञ्चालनमा आएको हो । अवरुद्ध राजमार्ग सुचारु भएपछी छोटो तथा लामो दुरीका सवारी साधन आ आफ्नो गन्त्व्यतिर लागेका प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्