२ सय ५७ प्रहरी जवान दिक्षीत



सरोज यादव, विराटनगर ।
पूर्वक्षेत्रीय प्रहरी तालिमकेन्द्र विराटनगरमा संचालित प्रहरी जवान आधारभुत तालिम १३५ औं समूहका २ सय ५७ जना प्रशिक्षार्थीहरु दिक्षीत भएका छन । प्रदेश एक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यमा दिक्षान्त समारोह सम्पन्न भएको हो । २०७४ मंसिर २८ गतेबाट संचालित उक्त तालिममा ४३ महिलासहित २ सय ५७ जना प्रशिक्षार्थीहरु दिक्षीत भएका हुन् ।

१० महिने प्रशिक्षणको क्रममा प्रशिक्षार्थीहरुलाई नेपाल परिचय तथा नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य, अपराध नियन्त्रण तथा अनुसन्धान, प्रहरी युक्ति तथा कारवाही लगायतका सैद्धान्तिक बिषयबस्तुहरुमा ज्ञान प्रदान गरिएको थियो । साथै शारीरिक क्षमता बिकासको लागि शारीरिक व्यायाम तथा प्रहरी कार्यका लागि चाहिने चाँदमारी र कवाज प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

दिक्षान्त समारोहमा उत्कृष्ट प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई पुरस्कार बितरण गर्नुका साथै प्रहरी नायव महानिरीक्षक रिजालले प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गरेका थिए ।

सो अवसरमा उनले तालिम केन्द्रमा सिकेका ज्ञान सीपहरु प्रहरी जीवनको आधारभूत अमूल्य नीति भएकाले सिकेका ज्ञानका कुराहरुलाई व्यवसायिक जीवनको हरेक मोडमा मार्गदर्शनको रुपमा स्मरणगर्न अनुरोध गरेका छन । उनले नेपाल प्रहरीको भ्रष्टचारमुक्त अभियानलाई पालना गर्न पनि निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्