पेट्रोल हुँदा पनि छैन किन भनियो ?



काठमाडौँ ।
काठमाडौँ सामाखुशी टोखा रोडमा रहेको नेपाल आयल निगमको अधिकृत विक्रेता आकाश जोगिनी ईन्टरप्राईजेजले पेट्रोल हुँदा पनि छैन भनि ठगी गरेको छ ।
उक्त पेट्रोल पम्पका प्रमुख पुरुषोत्तम मानन्धरका अनुसार बिहान ६ बजे देखी ९ बजे सम्म पट्रोल बचिएको तर पछि एकाएक पेट्रोल को काटा नउठेपछि उहाले बन्द गरेको बताउनुभयाे ।

तर त्यहा बालाजुबाट खटि आएको अनुगमन टोली आउँदा पम्पमा २१ सय लिटर तेल रहेको शाखा अधिकृत जोगराजसिंह माझीले नेपाल समाचारपत्रलार्इ बताउनुभयाे । माझीका अनुसार यो पहिलो अनुगमन थियो अव अनेत्र पनि जाने र अन्य ठाँउ ठाँउमा अरु टोली पनि खटेको बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्