खुर्सिद हत्या प्रकरणः गृह मन्त्रालयद्धारा छानबिन समिति गठन



नेपाल समाचारपत्र, काठमाडौँ ।

गृह मन्त्रालयले खुर्सिद अन्सारी हत्याबारे छानबिन समिति गठन गरेको छ ।

प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा गठित समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक तुलसी प्रसाईँ, आन्तरिम मामिला तथा कानून मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे रहेका छन् ।
गृह मन्त्रालगयले समितिलाई १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

मृतकको परिवार एवं पीडित पक्षलाई गृहमन्त्रीले काठमाडौंमा भेट्ने भन्दै त्यसका लागि व्यवस्था मिलाउन पनि सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई दिर्नेशन दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

खुर्सिदको बिहीबार सुनसरीको भुताहा बजारमा गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्