सिन्धुलीको क्यानखोला झोलुङ्गे पुलको मन्त्री लामाद्धारा उद्घाटन



नेपाल समाचारपत्र, सिन्धुली ।

सिन्धुलीको पान्तले–जमुने जोड्ने क्यानखोला झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । हरिहरपुरगढी गाँउपालिका वडा नम्वर ८ मा रहेको क्यान खोलमा निर्माण भएको पुलको प्रदेश नम्बर ३ का भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका हुन् । ९० लाखको लागतमा पुल निर्माण गरिएको हो ।

बर्खाको समयमा खोलामा आउने बाढीका कारण निकै सास्ती भोग्दै आएका सो क्षेत्रका बासिन्दा पुल निर्माण भएपछि खुसी भएका छन् ।

पुल उद्घाटन गर्दे मन्त्री लामाले अब गाँउ गाँउमा विकासका लहर चलाउनुपर्ने बताए । उनले कृषिप्रधान देशमा किसानलाई कृषि उपज बस्तु बजारसम्म पु¥याउन सडक र पुलको आवश्यकता रहेको बताए ।

उनले कृषि र विकास निर्माण एक अर्काको परिपूरक रहेको भन्दै उनले भौतिक पूर्वाधारको विकास विना कृषिको विकास सम्भव नरहेको बताए ।

उनले प्रदेश सरकारले गाँउ गाउँमा कृषिका विभिन्न अभियान संचालन गरेको भन्दै मेहनत गरेर प्रतिफल निकाल्ने कृषकलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेश सांसद बसन्त माझी,प्रदिप कटुवाल,नेकपाका केन्द्रिय सदस्य कमलजंग राई लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्