नेपाली सेनाको ऐतिहासिक निणर्यः सैनिक कार्यालयमा प्रधानसेनापति र प्रधानमन्त्रीको फोटो हटाइने



मनोज रेग्मी, काठमाडौं ।
सेना मुख्यालय, नेपाल प्रहरी कार्यालय एवंम सशत्र प्रहरी कार्यालयहरुमा राष्ट्रप्रमुख, प्रहरी प्रमुख, प्रधानमन्त्री एवंम प्रधानसेनापतिको फोटो राख्ने प्रचलन पुरानो होईन । यो प्रचलन कायौं वर्ष अगाडीबाट चल्दै आएको हो । नेपालमा गणतन्त्र स्थापनापछि नेपाल प्रहरी, सशत्र प्रहरी र सैनिक मूख्यालयहरुमा राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख एवंम प्रधानसेनापतिको फोटो राख्ने चलन अझै पनि छ । तर, अब नेपाली सेनका कार्यालयहरुमा भने यसो नगरीने भएको छ ।
बिहिबार प्रधानसेनापति पूर्णचन्द्र थापासहित सेनाका जर्नेलहरुको बैठक (पिएओस) ले सेनाको मुख्यालय, पृतना, बाहिनी, गण, गुल्म र बेसमा प्रधानसेनापति र प्रधानमन्त्रीको फोटो हटाएर राष्ट्रपति र पृथ्वीनारायणशाहको फोटो राख्ने निर्णय गरेको छ । प्रधनसेनापतिको यस्तो निर्णयलाई २४५ वर्ष लामो नेपाली सैनिक इतिहासको ऐतिहासिक निर्णय मानिएको छ ।
यसका साथसाथै थापाले सेना संगठनभित्र जर्नेलका श्रीमतीहरुलाई ‘रानीसाहेव’ भन्ने प्रचलनलाई पनि हटाउने निर्णय गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यदी कसैले पनि जर्नेलका श्रीमतीहरुलाई यस्तो भनेर बोलाएको पाइएमा कारवाही हुन्छ ।’

गत भदौ २५ गते प्रधानसेनपाति पदमा नियुक्त हुनुभएका थापाले अब नेपाली सेनामा उल्लेखीय सुधार एवंम परिवर्तनको सुरुवात गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्