सार्कका कृषकको आय दोब्बर , गर्न काठमाडौंमा सम्मेलन



काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरणमार्फत दिगो कृषि विकास रणनीति कार्यान्वयनमा ल्याइने बताउनुभएको छ।

‘सार्क क्ष्ँेत्रको कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ मुल नाराका बिहीबारदेखि काठमाडौंमा शुरु भएको सम्मेलनको उद्घाटन गर्नुहँुदै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकासमा सरकार संवेदनशील रहेको बताउनु भएको हो।

कृषि उपजको उत्पादनमा मुलुक आत्मनिर्भर भई निर्यात गर्ने वातावरण बनाउन सकेमात्र मुलुकको समृद्धि र आर्थिक विकास हुनसक्ने उहाँको भनाइ थियो। ‘भू उपयोग नीतिलाई कडाईका साथ लागू गर्न सरकार कटिबद्ध छ। २० वर्षे कषि विकास रणनीति र प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाबाट विभिन्न क्षेत्रलाई जोन, सुपरजोन बनाइएका छन्। त्यसैलाई औद्योगिकीकरण गर्न सकिन्छ।’ सम्मेलनमा बोल्दै ओलीले भन्नुभयो।

सोही कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले सार्क राष्ट्रको साझा दायित्वका आधारमा कृषिको समस्या समाधानका लागि पहल गरिनपर्ने धारणा राख्नुभयो। ‘कृषिलाई मर्यादित पेसा बनाउन र भूमिको उचित व्यवस्थापन गर्दै कृषिका माध्यमबाट युवा उद्यमीलाई रोजगारीका अवसर सिर्जना गर्न सरकार केन्द्रित भएको छ। तत्काल नतिजा नदेखिएपनि दीर्घकालीन रूपमा कृषि क्षेत्रमा यसले ठूलो महत्व राख्छ।’–खनालले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्