सैनिक पक्राउ



मोगादिसु, (एजेन्सी)
सोमालियाको राजधानी मोगादिसुमा एकजना नौ वर्षीय छात्रको गोली लागेर मृत्यु भएको विषयलाई लिएर चारजना सैनिकलाई गिरफ्तार गरिएको प्रहरीले बिहीबार जनाएको छ। एम्नेस्टि इन्टरनेसनलका अनुसार स्कुलको बस ट्राफिक जाममा फसेकोे बेला चलेको गोली लागेर देका दाहिर नामक ती बालकको ज्यान जानुका साथै अर्की एक बालिका घाइते भएकी थिइन्। एम्नेस्टि इन्टरनेसनलले आफ्नो गाडीका लागि बाटो खोल्न सेनाले जथाभावी गोली चलाएको बताएको छ। यस घटनालाई लिएर व्यापक जनआक्रोश बढिरहेको बेला सोमालियाका राष्ट्रपतिले दाहिरको परिवारलाई भेटेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्