मिसेस नेपालको ट्यालेन्ट



रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा हुन लागेको विवाहित महिलाबीचको चौथो संस्करणको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनल २०१८ का प्रतियोगिले आ–आप्mना प्रतिभा प्रदर्शन गरेका छन्।

प्रतियोगीले मिसेस ट्यालेन्ट उपाधिका लागि आयोजित ट्यालेन्ट राउन्डमा आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन्।

ट्यालेन्ट सोमा प्रतियोगीले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकलालगायतका कला प्रदर्शन गरेका थिए। ट्यालेन्ट शोमा रंगकर्मी वीरेन्द्र हमाल, नृत्य निर्देशक गोविन्द राई, अभिनतृ अरूणा कार्की र निर्देशक सुमन दाहाल निर्णायक रहेका थिए।

विभिन्न पेसामा आबद्व तथा गृहिणीका रूपमा रहँदै आएका विवाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पुर्याउन यो प्रतियोगिता गर्न लागिएको इभेन्ट निर्देशक निशुकान्त झाले बताए। उनका अनुसार यस वर्षको विजेताले सिंगापुरमा आयोजना हुने मिसेस इनटरनेसनल २०१८ मा भाग लिन पाउने छिन् भने पुरस्कारस्वरूप एक शानदार स्कुटर पाउने छिन्।

प्रतिक्रिया दिनुहोस्