वडाबाट नै सम्पूर्ण सेवा सञ्चालन



भद्रपुर ।
सेवाग्राहीलाई मध्यनजर गर्दै भद्रपुर नगरपालिकाले प्रत्येक वडामा राजस्व सङ्कलन गर्ने व्यवस्था शुरु गरेको छ । भद्रपुर नगरमा रहेका दश ओटा वडा कार्यालयमा विहीबारबाट लागू हुने गरी यस्तो व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

वडा कार्यालयमा सम्पत्ती कर बाहेक अन्यको राजस्व लिदै आएकोमा अब सम्पूर्ण कर वडाबाट नै हुने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठले जनाए । सेवालाइ प्रभावकारी बनाउन असोज १ र २ गते सवै वडाका कर्मचारी ,सामाजिक परिचालिकालाइ समेत तालिम दिएर प्रविधिको प्रयोगबारे सिकाइएको उनले बताए ।

अनलाइनमार्फत हुने सेवामा मुख्य सरर्भर भने नगरपालिकामा रहने नगर प्रमुख जीवन कुमार श्रेष्ठले जनाए । जनताले तिरेको करलाइ कुनै आशङका हुननदिन साथै कर सेवालाइ सन्तुलित र पारदर्शि कायम राख्न यो व्यवस्था शुरु गरिएको नगरप्रमुख श्रेष्ठले जनाए । नगर क्षेत्रभित्र रहेका टाढा –टाढाका सेवाग्राही राजस्व बुझाउन नगरपालिकामा आउनु पर्ने बाध्यताको अन्त्य भएको उनले जनाए । अनलाइन मार्फत सेवा दिदाँ शुरुमा केही कठिनाइ आएपनि विस्तारै समाधान हुने उनले बताए ।

संविधान दिवसको अवसर पारेर विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजनासँगै यस्तो सेवा सुचारु गरिएको उनले जनाए । सेवाको शुरुवात नगर प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले संयूक्त रुपमा गरेका थिए । शहरी विकासबाट तयार पारिएको यो प्रविधिलाइ सफ्टवेयर इन्फोटेकका टिका दाहालले सहजीकरण गर्ने जनाइएको छ ।

राजस्व फाँटका शुसिल कर्णले सञ्चालन गरेको कार्यक्रममा नगरपालिक प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता नगरप्रमुख श्रेष्ठले गरेका थिए । कार्यक्रममा नगरका कर्मचारी, प्राविधिक, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्