अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदन



काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेको नाम सर्वसम्मत अनुमोदन भएको छ । सुनुवाई समितिमा घिमिरेले सांसदहरुका प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मतका साथ विहीबार अनुमोदन भएका हुन् ।

तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातले अनिवार्य अवकाश पाएपछि घिमिरे गत फागुन २ गतेदेखि कार्यवाहकका रूपमा कार्यरत छन्।
संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्