१८ केजी लागुऔषध सहित शिक्षिका र विद्यार्थी पक्राउ



ललित सिंह, बझाङ्ग ।
जिल्लाको मस्टा गाउँपालिकाबाट बोकेर ल्याउदै गरेको अवश्थामा १८ केजी लागुऔषध सहित शिक्षिका र विद्यार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मस्टा गाउँपालिका २ खिकालागाउँ बस्ने १८ बर्षका दिपक बोहरा र मस्टा गाउँपालिका १ घर भएकी ३९ बर्षकी हस्ता पुरी रहेका छन् ।

पक्राउ पेरकी शिक्षीका मस्टा गाउँपालिका २ मा रहेको गौरीशंकर प्रावीमा शिक्षण गर्दै आाएको र विद्यार्थी गाउँकै मावी विद्यालयमा अध्यन्रत रहेको डिएसपी धितालले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी मस्टाका असईको नेतृत्वमा खटेको टोलीले हिजो बुधबार दिउसो सदरमुखकाम चैनपुर तर्फ ल्याउदै गरेको अवश्थामा चरेश सहित शिक्षिका र विद्यार्थीलाई बिचबाटोबाटै प्रकाउ गरेको हो ।

शिक्षिका र विद्यार्थीले प्रहरीलाई देखेपछि भाग्न खोज्दा ,प्रहरीले समातेपछि ९/९ किलो लागुऔषध बरामत गरेको डिएसपी प्रबिन धितालले नेपाल समाचारपत्रलाई बताए ।

पक्राउ परेका दुवैलाई लागु औषध सम्बन्धि कानुन बमोजिम जिल्ला सरकारी वकिल कार्यालयमा लिएर मुद्दा चलाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्