एक लाख घुससहित अधिकृत पक्राउ



वीरगञ्ज ।
एक लाख घुससहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित ३ जनालाई अख्तियारले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिक्षा शाखा अधिकृत (विद्यालय निरीक्षक) मञ्जुर आलम, प्राविधिक सहायक नायब सुब्बा शशीभुषण प्रसाद साह र अरुण शाह रहेका छन् ।उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

फारुक इन्टरनेशनल एकेडेमीको कक्षा १ देखि ५ सम्म अनुमति दिने प्रायोजनका लागि १ लाख घुस लिएको अनुसन्धानमा खुल्न आएको छ ।
पक्राउ परेका मध्ये शाहलाई लाठगल्लीमा रहेको विसमिल्लाह होटलबाट नियन्त्रणमा लिइएको र अन्य दुईजनालाई महानगरपालिकाको कार्यलयबाटै नियन्त्रणमा लिइएको अख्तियारले नेपाल समाचारपत्रलाई जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्