राष्ट्रियसभामा ३ जना सिफारिस



नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रियसभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा ३ जनाको नाम बिहीबार सिफारिस गरेको छ ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य संचालन) नियमावली अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राधेश्याम अधिकारी, रामलखन चमार र कालिबहादुर मल्लको नाम सभामा सुनाएर सभाले अनुमोदन गरेको थियो ।

अधिकारीले नेपाली कांग्रेसबाट, चमार तत्कालीन नेकपा एमालेका तर्फबाट र मल्ल नेकपा माओवादी (केन्द्र) बाट प्रतिनिधित्व गर्नुभएको छ । प्रतिनिधिसभाले सोमबार नै ११ जनाको नाम सिफारिस गरेको थियो । १५ सदस्य रहने यो समितिमा प्रतिनिधिसभाका १ जना थपिने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभएको छ ।

नियमावली अनुसार समितिमा १५ सदस्य रहने छन् । समितिको सभापति निरादेवी जैरु सभापति बन्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्