अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाइ आज



नेपाल समाचारपत्र, काठमाडौं ।

संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेले आज संसदीय सुनुवाइ समितिले बोलाएको छ ।

संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक प्रमुख आयुक्त घिमिरेको नाम प्रमुख आयुक्तमा सिफारिस गरेपछि सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो । समितिले भदौ २४ बाट असोज १ भित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी गर्न भने पनि उनीविरुद्ध कुनै पनि उजुरी परेको छैन ।

यसअघि लोकमानसिंह कार्कीलाई आयोगको प्रमुख आयुक्त सिफारिस गर्दा त्यसको चर्को आलोचना भएको थियो । तर, घिमिरे भने निर्विवाद देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्