अग्रहरि सम्मानित



काठमाडौं, (नेस)
नेपाल खेलकुद पत्रकार मञ्चको १४औं वार्षिक साधारणसभाअन्तर्गत कार्यक्रममा मञ्चले सीताराम अग्रहरिलाई सम्मान गरेको छ।

नेपाली खेलकुद पत्रकारितामा विशिष्ट योगदान गर्नुभएका सीताराम अग्रहरिलाई ‘एनएसजेएफ पत्रकारिता सम्मान २०७५’ बाट बुधबार सम्मानपत्रसहित १५ हजार नगद प्रदान गर्र्दै सम्मानित गरियो। मञ्चका संस्थापक संयोजक रहनुभएका अग्रहरि ३५ वर्षयता पत्रकारितामा सक्रिय हुनुहन्छ। उहाँले गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक र प्रधान सम्पादकको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गर्नुभएको थियो। वर्षेनी मञ्चले प्रदान गर्दै आएको एनएसजेएफ पत्रकारिता सम्मानबाट यसअघि श्याम चित्रकार, पुष्करलाल श्रेष्ठ, पी खरेल र गोपाल बस्नेत सम्मानित हुनुभएको थियो।

मञ्चले यसै वर्षदेखि युवा खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले ‘एनएसजेएफ युवा पत्रकारिता प्रोत्साहन पुरस्कार’ पनि शुरू गर्यो। युवा पत्रकारिता प्रोत्साहन पुरस्कार २०७५ राजधानी दैनिकमा कार्यरत दिलबहादुर तामाङलाई प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्