अनुत्पादक परेड



शिवरात्री, संविधान दिवस, गणतन्त्र दिवस, पूmलपाती, घोडेजात्राजस्ता पर्व र दिवसमा काठमाडौंको आकाशमा अचम्मैको ‘परेड’ देखिन्छ भन्या। सेनाको मातहतमा रहेका अधिकांश हेलिकोप्टरले आकाशमा परेड देखाउँछन्। बुधबार बिहान यस्तै दृश्य देखियो।

यस्तो देख्दा लाग्छ, सेनाले ठूलै युद्धकौशल सिकिरहेको छ। तर के गर्नु दुई ढुंगाबीचमा च्यापिएको बिचरो नेपाल यो मामलामा बिचरै छ। पर्व र दिवसमा बिहानभर कर्कस आवाजसहितको हेलिपरेड देखाउनैपर्छ भन्या, जुन सरकार आए पनि कानै चिरेका। यस्तो देख्दा धरहरालाई चित्तै बुझ्दैन, अनावश्यक र अनुत्पादक लाग्छ।
निकै खर्चालु यो तमाशा बन्द गरेर बरु दुर्गम भेगमा उपचार नपाएर छट्पटिएका बिरामीको उद्धारमा खर्चिएको भए पो..? धरहराको सुझाव कसले मनन गर्ला र खै ? यस्तो तर्क सुन्नेहरूले ठाडो प्रतिकार गर्दै भन्न बेर छैन– ‘वर्षाैंदेखिको परम्परामाथि धावा बोल्ने अधिकार छैन, परम्परा र मौलिकताको जर्गेना गर्नैपर्छ।’

प्रतिक्रिया दिनुहोस्