प्रसादको फस्ट लुक



निर्माणाधीन फिल्म प्रसादको लै लै बोलको गीतको लिरिकल भिडियोसहित फस्ट लुक सार्वजनिक गरिएको छ। युट्युबमार्फत् सार्वजनिक भिडियोमा फिल्मका दृश्यहरू समेटिएका छन्। जसमा मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतलाई प्रस्तुत गरिएको छ।

निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथामा बन्दै गरेको प्रसादमा विपिन र नम्रताले दम्पत्तिको भूमिका निर्वाह गरेका छन्। लिरिकल भिडियोमा विपिनलाई दर्जीको भूमिकामा देखाइएको छ। केतन क्षत्रीले गाएको लै लै गणेश शाहीले लेखेका हुन् भने संगीत सुवास भुषालले दिएका छन्। फिल्मका निर्देशक दिनेश राउतले प्रसादको पुरा मर्मलाई गीतले समेट्ने भएकाले नै फस्ट लुकसहित सार्वजनिक गरिएको बताए। फिल्ममा अर्को गीत पनि रहेको उनले बताए। सुवास थापाको निर्माण रहेको प्रसादको पटकथा र संवाद पत्रकार सुशील पौडेलले तयार पारेका छन्। चलचित्र सन्तान सुख नपाउँदा उत्पन्न मानसिक र सामाजिक द्वन्द्वले आपसी सम्बन्धमा के–कस्तो असरसम्म पुराउन सक्छ भन्ने देखाउन खोजिएको बताइएको छ। प्रसाद मंसिर २१ गतेदेखि अल नेपाल रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस्