संविधान दिवसको खुसीयालीमा देउडा प्रतियोगिता



विनोद सिंह विष्ट–बैतडी ।
संविधान जारी भएको दिनको खुसीयालीमा बैतडीमा देउडा र छलिया खेलेर संविधान दिवस मनाइएको छ । खुसीयालीमा खेलिने छलिया नृत्य संविधान दिवसको अवसरमा खेलिएको हो । सदरमुकाममा आयोजित कार्यक्रममा छलिया नृत्य प्रदर्शन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । साहीलेक बजारबाट बाजागाजा र छलिया नाचसहित दिवसको अवसरर्मा याली निकालिएको हो ।

संविधान प्राप्त भएको दिन खुसीयालीका दिन भएकाले छलिया खेलेर संविधान दिवस मनाइएको उनले बताए । र्याली र छलियापछि दशरथचन्द नगरपालिकाको हलमा अन्तरक्रिया समेत सम्पन्न गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा प्रमुख अतिथी रहेका थिए । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले संविधानको सफल कार्यान्वयनमा जोड दिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका पदाधिकारी,सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

यस्तै दिवसको अवसरमा पाटन नगरपालिका (८ खोड्पे बजारमा देउडा कार्यक्रमको आयोजना गरिएको हो। स्थानीयको सहभागितामा दिवसको अवसरमा देउडा खेलिएको पाटन नगरपालिका प्रवक्ता लोकबहादुर भण्डारीले बताए । ’जनताको संविधान जारी भएको दिनको खुसीयालीमा जनताको सहभागितामा देउडा खेलिएको हो ।

देउडामा संविधानका विशेषता झल्किने शब्द प्रयोग गरिएका र यसले नागरिकलाई संविधानको बारेमा थप बुझाइ भएको पाटन नगरपालिका खोड्पेका हरिश बिष्टले बताए । पाटन नगरपालिका वडा नं ८ मा भएको देउडा प्रतियोगितामा पुरुष तर्फ भाष्करदत्त पन्त प्रथम, महेश भट्ट द्वितीयर नयनसिंह बोहरा तृतीय भएका छन् । यस्तै महिला तर्फ वासु भट्ट प्रथम, लक्ष्मी पाण्डे द्वितीय र लीला महरा तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई रु दुइहजार पाँच सय, द्वितीय हुनेलाई २ हजार र तृतीय हुनेलाई एक हजार ५ सयका दरले पुरस्कार वितरण गरिएको छ ।

यस्तै पाटन नगरपालिकाको आयोजनामा पनि पाटनमा अन्तरक्रियाको आयोजना गरि संविधान दिवस मनाइएको छ । नगरप्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा दिवस मनाइएको हो ।

यस्तै पुरचौडी नगरपालिकाको वडा नं ३ मा रहेको विणेश्वर माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । राधेराधे जनरल स्टोरको आयोजनामा भएको प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने नगद पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ । यस्तै दिवसको अवसरमा राधेराधे जनरल स्टोरले विणेश्वर मावि नकालीमा २५ हजार बराबरको अक्षयकोष स्थापना गरेको जनरल स्टोरका प्रोपाईटर अनिरुद्र जोशीले जानकारी दिए ।

यस्तै दिवसको अवसरमा बैतडीको मेलौली हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्