१० बर्षदेखि खोलामा हिडेको गाडि अब सडकमा



सरिता चलाउने, सल्यान ।
सल्यानको कुमाख गाउँपालिका १० बर्ष देखि ३ किलोमिटर सडक खोलामा हिड्नुपथ्र्यो । १० बर्ष अघि कम लागतमा खोलाबाट सडक बनाएपनि स्थायी नभएको भन्दै विभिन्न क्षेत्रबाट गुनासो आएको थियो । तर यो बर्ष देखि त्यो समस्या टरेको छ । स्थानिय तह बनिसकेपछि पहल थालिएको सडक यो बर्षबाट संचालनमा आएको हो ।

अघिल्लो आर्थिक बर्षमा गाउँपालिकाको १ करोड लगानीमा निर्माण गरेको सडक बर्षा लगतै बन्द भएको थियो । सडकमा खोलाको गिटी बालुवासहितको माटो भरेर बर्षामा पनि सडक सूचारु गर्न गाउँपालिकाले पहल थालेपनि यो सडक २ महिनादेखि बन्द रह्यो ।

बर्षाका कारण २ महिनादेखि गाडी नचलेको कुमाख गाउँपालिकाको बडागाउ चिसापानी रागेचौर स्यानिपिप्ली चौरजहारी सडकमा बुधबारबाट गाडि संचालनमा आएको छ । गाउपालिकाले सडक मर्मत गरेपछि बुधबारबाट गाडि संचालनमा आएको हो ।

बर्षामा पनि गाउँपालिका कार्यालय सम्म नियमित गर्ने सोचेर काम गरेपनि त्यो सम्भव हुन नसेको भन्दै गाउँपालिका अध्यक्ष दिलमाया बुढाले अव आगामी बर्षदेखि नियमित सडक सुचारु हुने बताईन । उनले भनिनः “अव खोलामा हिड्नुपर्ने समस्या टरेर गयो अनी पाखाबाटा खोलाको भन्दा सजिलो र छोटो पनि हुने भयो राम्रो भयो ।” उनले थपिन “अप्ठेरो रहेको मर्म खोलामा ठुलाठुला ढुंगा र गिट्टी बालुवा राखेर भरेकाले सजिलो भएको छ ।”

अव पाखाबाट सडक भएपछि रागेचौर देखि माथी पर्ने चिसापानी र तलपर्ने स्यानी पिप्लीसम्म साईकलमा नै यात्रा गर्न सकिने भएको छ । कालागाँउ, बडागाँउ, मर्मपरिकाँडा, जिमाली र स्वीकोट मिलेर बनेको कुमाख गाउँपालिका सडकले सुगम बनेमा जिल्लाकै मिलेको गाउँपालिका मानिनेछ । यसैबर्ष नै गाउँपालिकाको केन्द्र रागेचौरसम्म बत्तीको व्यवस्था पनि गरिनेगरि गाउँपालिकाले विभिन्न निकायसंग पहल थालिरहेको छ । स्थानिय सरकार बनेपछि स्थानिय जनता प्रतिनिधि र कर्मचारीले पनि सरोकार राख्ने भएकाले अघिल्ला बर्षहरु भन्दा अव विकासका कामपनि चाँडै हुने भएका छन ।

थारमारे चौरजहारी सडकखण्डको भल्चौरको मौलहाल्नेसम्म मात्र नियमित जाँदै गरेका गाडीहरु गाउँपालिकाले सडक मर्मत गरेपछि बुधबार चौरजहारी सम्म पुगेका छन । बर्षामा बागचौरको केहि भुभागमा पर्ने सडकमा पनि पहिरो बर्षामा केहि समय थारमारेबाट अगाडि नबढेका गाडि बागचौरले सडक मर्मत गरेपछि मौलोहाल्ने सम्म पुग्ने गर्थे । अहिले चौरजहारी सम्म गाडि चल्न थालेका छन । यो बाटो बनेपछि सल्यान, रुकुम, जाजरकोट र डोल्पा सम्मका यात्रुलाई सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्