अर्कालाई गाली गरेर संमृद्धी आउदैनः मन्त्री अधिकारी



चितवन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले चिया चौतारोमा बसेर अर्कालाई गाली गर्ने दिन गएको बताएका छन् । छैठौं लाखे नाच प्रतियोगिताको बुधवार नारायणगढ उद्घाटन गर्दै मन्त्री अधिकारीले देशका लागि मेहनत र सृजना गर्ने समय आएकोले निरासा र नकरात्मक कुराहरुको पछाडी नलाग्न आग्रह गरे । “राजनैतिक गफगाफमा धेरै समय वितायौं,मन्त्री अधिकारीले भने,अवसहकार्य गरेर परिश्रम गर्ने दिन आएको छ ।” उनले सबैको सहयोगबाट मात्रै देशको विकास सम्भव भएको बताए । देशमा पछिल्लो समय कतिपय विषयमा निरासा पैदा भएको भन्दै मन्त्री अधिकारले केही संक्रमण र कानुन कार्यान्वयनका तहमा रहेकाले विस्तारै समस्या हल हुँदै जाने दाबी गरे । “नेपाली समाज संधै अभाव र गरिबीको पिडामा रहँदैन्,उनले भने’,अव विकास र संमृद्धीको युग शुरु भयो ।”

संविधानले सबैको अधिकार सुनिश्चितता गरिसकेको र देश संघिय संरचनामा गइसकेको अबस्थामा आपसी तिक्तता त्याग्नुपर्ने मन्त्री अधिकारीको भनाई छ । देशमा राजनैतिक र आर्थिक विकासका लागि बनाउन सरकार बलियो बनेको उनले दाबी गरे । “कसैलाई पेल्न सरकार बलियो बनेको होइन्,अधिकारीले भने’,देश निर्माणमा सरकारसंगै प्रतिपक्ष दलहरु पनि उत्तिकै जिम्मेवार बन्न आबश्यक छ ।” सरकारमा रहँदा लोभ लालचको मानसिकता त्यागेर काम गर्नुपर्ने उनले बताए ।

मन्त्री अधिकारीले संकृतीमा नेपाल धनी भएको भन्दै संस्कृतिको माध्यमबाट नागरिकको खुसी खोजीने बताए । उनले भौतिक पूर्वाधारबाट मात्र आउने संमृद्धीले मान्छे खुसी हुन नसक्ने भन्दै कला र संस्कृति मार्फत नेपालीलाई खुसी बनाउने अभियान सरकारले संचालन गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्