नेपाली कांग्रेसद्धारा संविधान दिवस बहिस्कार



कालीवहादुर मल्ल, कालिकोट ।
जिल्ला समन्वय समिति कालिकोट र खाडाचक्र नगरपालिकाको संयुक्त आयोजनामा मनाईएको संविधान दिवस समारोहलाई कंग्रेस,राप्रपा,राप्रपा प्रजातान्त्रिक,नेपाल मजदुर किसान पार्टीले जिल्लामा बहिस्कार गरेका छन् ।

बुधबार जिल्ला सदरमुकाम खाँडाचक्र स्थित जिरो प्वाइन्टवाट बाजागाजा सहित भएको नागकि ¥याल पछि खुला मञ्चमा आयोजि सभामा दलहरुको मर्यादाक्रम कर्मचारिभन्दा तल राखेको भन्दै कंग्रेस लगाएका विपक्षी दलहरुले कायर्यक्रम बहिस्कार गरेका हुन् । कार्यक्रमको सुरुवातमा प्रमुख अतिथि को हुने भन्नेक विषयमा संविधानसभा सदस्य तुलाराज विष्ट र जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीका विचमा विबाद भएको थियो ।

दुइजना बिचको कुरा मिल्नासाथ कंग्रेस कालिकोटका सभापति हर्शवहादुर बम मञ्चमा आएर दलहरुको अपमान गर्ने भन्दै कार्यक्रमका अध्यक्ष समन्वय समितिका प्रमुख शाही तिर झम्टीय पछि नेकपा बाहेकका दलहरु आएर मञ्चमा होहल्ला गरेका थिए ।

आयोजकको तर्फवाट सभाका अध्यक्षले भुल भएको भन्दै माफि मागे पनि असन्तुष्ट दलका कार्यकताहरु उठेर जिल्ला सदरमुकाम कै नरहरीनाथ चोकमा आएर बिरोधसभा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्