अज्ञात रोगका कारण डोटीमा धमाधम चौपाया मर्दै



विमल बिष्ट, डोटी ।
करिब दुई महिना यता देखि फैलिएको अज्ञात रोगका कारण डोटीमा दजर्नौ चौपाया मर्न थालेका छन् । जिल्लाको शिखर नगरपालिका १० बानेडुग्रीसैनमा केही महिना यता देखी फैलिएको उक्त अज्ञात रोगका कारण पशुहरु धमामध मर्न थालेको स्थानिय वीरबहादुर बलायरले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘चौपायाहरुमा अनौठो रोग आएको छ,धमाधम मर्न थालेका छन् गाउमा चौपायाहरु सकिने अवस्था भई सक्यो ।’ उक्त रोगका कारण भैंसी, गोरु तथा गाई मर्न थालेका छन् ।

जिल्ला पशु सेवा कार्यालय डोटीले सो ठाउका पशु चौपायमा कुन रोग लागेको हो अहिलेसम्म पत्ता लगाउन नसकेको अर्का स्थानिय तथा वडा अध्यक्ष मिनबहादुर बलायरले जानकारी दिनु भयो । उहाँका अनुसार उक्त रोगका कारण अहिलेसम्म कम्तिमा पनि ५० वटा चौपाय मरिसकेका छन् भने दजर्नौ चौपाया रोगका कारण थला परेका छन् ।

चौपायाको मुखमा ¥याल आउने,काप्ने,छट्पटाउने र खाना पानी नखाने लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेको स्थानियबासी बताउछन् । जिल्लामा पशुसम्बन्धी चिकित्सक नभएका कारण रोग पत्ता लाग्न नसकेको र उपचार समेत हुन सकिरहेको छैन् ।

नगरपालिकामा रहेको पशु सेवा इकाइ कार्यालयबाट प्राविधिक सो क्षेत्रमा गएपनि रोग पत्ता लगाउन नसकेको स्थानीय हर्कबहादुर बलायरले बताउनु भयो ।

इकाइ कार्यालयमा रहेको सामान्य औषधि प्रयोग गरिएको भएपनि औषधिले खासै काम गर्न नसकिएको पशु इकाइ कार्यालयका प्राविधिक जयप्रकाश मल्लले बता उनु भयो ।

‘चौपायको गोबर जाँचको लागि धनगढी पठाएका छौ’, उहाँले भन्नु भयो ‘रिपोर्ट नआएकोले यहि रोग लागेको हो भन्न सकिने अवस्था छैन ।’

पशु चौपायमा फैलिएको महामारी रोग पत्ता लगाउन नगरपालिकाबाट पहल भइरहेको नगरप्रमुख सिताराम जोशीले बताउनु भयो । ‘ अज्ञात रोगले धमाधम पशु मरेको खबर हामीले पनि पायौ, छिमेकी जिल्ला डडेल्धुरामा पनि पशु चिकित्सक छैनन्’ उहाँले भन्नु भयो ‘कैलालीबाट पशु चिकित्सकको टिम ल्याउनका लागि पहल भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्