१४ करोड लगानीमा चितवनमा तरकारी बजार



चितवन, (नेस)

चितवनमा सुविधा सम्पन्न तरकारी तथा फलफँल बजार सञ्चालनमा आएको छ । नारायणगढ बजारको लायन्सचोकमा रहेको तरकारी तथा फलफूल बजार सोमबारदेखि भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा व्यवस्थित रुपमा सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिकाले लायन्चोकको फलफँल तथा तरकारी थोक बजार हटाउने भएपछि व्यवसायीले आफ्नै पहलमा करिब १४ करोड लगानीमा सुविधा सम्पन्न तरकारी बजार निर्माण गरेका हुन् ।

व्यवसायीले कृषि प्रवद्र्धन बजार विकास प्रालि कम्पनी गठन गरी शेयरमार्फत रकम संकलन गरेर तीन बिगाहा जग्गामा बजार निर्माण गरेका छन् । लायन्चोकमा भएको तरकारी बजार साँघुरो र जोखिमपँर्ण भएका कारण फराकिलो क्षेत्रमा बजार निर्माण गरिएको कृषि प्रवद्र्धन बजार विकास प्रालिका अध्यक्ष सालिकराम घिमिरेले जानकारी दिनुभयो ।

तरकारी बजारभित्र सडक कालोपत्रे बाहेकका अन्य काम सम्पन्न भएको उहाँले बताउनुभयो । निजी क्षेत्रको लगानीमा नेपालकै ठँलो तरकारी तथा फलफँल बजार भएको घिमिरेको दाबी छ ।‘काठमाडौंमा रहेको कालिमाटी तरकारी बजारपछि देशकै ठँलो बजार हो,’ उहाँले भन्नुभयो–‘फोहोर व्यवस्थापन, सवारीसाधन पार्किङ र ढल व्यवस्थापन उचित तरिकाले गरिएको छ ।’

आधुनिक तरिकाले निर्माण गरिएको बजार किसान व्यापारी र ग्राहक सबैका लागि उपयोगी हुने गरी निर्माण भएको घिमिरेको भनाइ छ । बजारमा पर्याप्त खुला ठाउँ रहेकाले सवारी पार्किङका लागि कुनै समस्या नहुने घिमिरेले बताउनुभयो । उहाँले तरकारी तथा फलफँलको दररेड राखिएको डिजिटल डिस्प्ले र सँचना पाटीको समेत व्यवस्था गरिने जानकारी दिनुभयो ।

 

तीन बिघा क्षेत्रफल भएको जग्गामा बजार निर्माण गरिएको हो । तरकारी बजारमा चिया खाजाका लागि दुई रेष्टुरेण्ट, शौचालय, तथा खानेपानीको समेत व्यवस्था छ । कृषकले आफ्नो उत्पादन आफैं बजारमा लगेर आफैंले सिधै उपभोक्तालाई बिक्री गर्न पाउनेछन् । किसानका लागि निःशुल्क सटरसमेत उपलव्ध गराइने भन्दै घिमिरेले विभिन्न कृषक समँहलाई सटर उपलब्ध गराइने बताए ।

लायन्सचोकको तरकारी बजारमा १६४ वटा सटर रहेको थियो भने नयाँ बनेको तरकारी बजारमा २१७ वटा स्टल छन् । व्यावसायिक प्रयोजनका २८, थोकका लागि १३७, खुद्रा व्यवसायका लागि ३८ र कृषकका लागि १४ वटा सटर रहने छन् ।

२०५० सालदेखी संचालनमा आएको लायन्सचोकको थोकबजारमा दैनिक १ करोड बराबरको फलफँल तथा तरकारीको कारोबार हुँदै आएको छ । साँघुरो स्थानमा रहेको थोकबजारमा किसानले उत्पादन गरेका कृषिउपज कमै ल्याउने गरेका थिए ।

चितवनमा उत्पादित तरकारी काठमाडौँसहित, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, धादिङ, कास्की, रुपन्देहीलगायतका जिल्ला विक्रीका लागी लैजाने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्