एनसेलमा नयाँ अफर



काठमाडौं, (नेस)
एनसेल प्रालिले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले आकर्षक छुट सहितको दरमा माई फाइभ र आई फ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् ।

मंगलबारबाट शुरु अफर र १५ दिनसम्म सञ्चालनमा रहनेछ । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अब मात्र ५ रुपियाँ (कर बाहेक) मा माई फाइभ सेवा सुचारु गरी एनसेलका पाँच वटा (माई फाइभ) नम्बरमा मात्र ५० पैसा (कर बाहेक) प्रतिमिनेटको दरमा कुरा गर्न सक्नेछन् । विद्यमान शुल्कमा माई फाइभ सेवा सुचारु गर्न प्रतिमहिना कर बाहेक २० र माई फाइभ नम्बरमा कुरा गर्न प्रतिमिनेट ९९ पैसा (कर बाहेक) लाग्दछ ।

एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स ५५८८ ह्यास डायल गरी अफरअन्तर्गत एक महिनाका लागि माई फाइभ सेवा सुचारु गर्न सक्छन् । प्रत्येक महिना स्वतः नवीकरण हुने गरी माई फाइभ सेवा लिन चाहने ग्राहकले एस्ट्रिक्स ५५९९ ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्छन् । पाँच वटा नम्बरहरु माई फाइभ सर्कलमा राखी सकेपश्चात नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको कर बाहेक ५ रुपियाँ शुल्क लाग्नेछ ।

त्यस्तै संविधान दिवसको अवसरमा आएको नयाँ अफरमा एनसेलले आफ्ना ग्राहकका लागि सुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आईफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट प्रदान गरेको छ । यसअन्तर्गत ग्राहकले अब आईफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकमध्ये कुनै पनि प्याक कर बाहेक मात्र १० रुपियाँमा सुचारु गर्न सक्छन् ।

विद्यमान शुल्कअनुसार यी चार डेटा प्याक एक घण्टाको आईफ्लिक्स डेटा प्याक (वान टाइम), एक घण्टाको आईफ्लिक्स डेटा प्याक (रिकरिङ), अनलिमिटेड नाइट आईफ्लिक्स डाटा प्याक (वान टाइम) र अनलिमिटेड नाइट आईफ्लिक्स डेटा प्याक (रिकरिङ) को दर कर बाहेक ४४.२५ रुपियाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्