गोपीचन्द्र पहिलो



काठमाडौं, (नेस)
नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की हाफ म्याराथनमा मंगलबार पहिलो भएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीले १ घण्टा १० मिनेट ५३ सेकेन्डमा पूरा गर्दै ५० हजार नगद पुरस्कार हात पारे चौथौ पटक हाफ म्याराथनमा सहभागिता जनाएका पार्कीले दोश्रो पटक पहिलो भएका हुन् । नेपाली सेनाका होमलाल श्रेष्ठ दोश्रो भए ।

उनले १ घण्टा ११ मिनेट ०५ सेकेन्डमा दौड सिध्याए । तेश्रो भएका सेनाकै हरिकुमार रिमालले १ घण्टा १२ मिनेट २५ सेकेन्ड समय खर्चे । दोश्रो हुनेले ३० हजार, तेश्रोले २० हजार नगद पुरस्कार हात पारे ।

प्रतिक्रिया दिनुहोस्