ए डिभिजन लिगलाई पल्सरको साथ



काठमाडौँ, (नेस)
नेपालकै सबैभन्दा लोकप्रिय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित लिग सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितासँग जुधेको छ ।

मंगलबार गोल्छा अर्गनाइजेसनअन्तर्गत उत्पादन हुने पल्सरले लिगसँग ३ वर्षका लागि सम्झौता ग¥यो । गोल्छा अर्गनाइजेसनका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाई बीच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।

एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए—‘हामीले नेपालकै प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगसँग सहकार्य गर्न पाएकोमा गौरवान्भित महशुस गरेका छाँ,ै साथै देशकै प्रतिष्ठित लिगको मुख्य प्रायोजकको रुपमा साझेदार हुन पाएकोमा अत्यन्त खुसी पनि छाँै ।

उनले थपे—हामीले सधै खेलकुदमा युवाहरुलाइ प्रोत्साहित गर्नुका साथै सहयोग समेत प्रदान गर्दै आएका छौ । हाम्रो यो सहकार्यको मुख्य उद्देश्य भनेको नेपाली युवा तथा नेपाली खेलकुद क्षेत्रलाइ अन्तर्रा्ष्ट्रिय स्तरमा पुर्याउने रहेको छ । यससँगै हामीले बिभिन्न अर्वाड कार्यक्रम मार्फत सहभागीता जनाइरहेका छाँ,ै जसमध्ये पल्सर स्पोर्टस् अर्वाड एक उत्कृष्ट अर्वाड अन्तर्गत पर्दछ ।

आगामी दिनहरुमा लिगलाइ उक्तरोत्तर प्रगतिको लागि शुभकामना समेत प्रदान गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस्