गल्फरको गल्फ कोर्समै हत्या



आईयोवा, (एजेन्सी)
स्पेनी गल्फर सेलीना बाक्र्विन एरोजामेनाको लास आईयोवा गल्फ कोर्समै भेटिएको आईयोवाको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार उनको हत्या भएको एक घण्टापछि संदिग्ध व्यक्तिलाई पक्राउ भएको पनि दावी गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्ति २२ वर्षीय कोलीन डेनिएल रिचार्डस्को ठेगाना भने पत्ता लगाउन सकेको छैन ।
२२ वर्षीया बाक्र्विनले जुलाईमा युरोपियन लेडिज एमेच्योर च्याम्पियनसिप जितेकी थिइन् । उनी आईयोवा स्टेट युनिभर्सिटीमा सिभिल इन्जिनीयरकी विद्यार्थी थिइन् । उनले हालै मात्र मास्टर्स डिग्री प्राप्त गरेकी थिइन् ।

बाक्र्विन आईयोवा स्टेटकी महिला वर्ष खेलाडी समेत भएकी थिइन् । उनले युरोपियन लेडिज एमेच्योर च्याम्पियनसिप जित्दा एमेच्योर करियरकै सबैभन्दा उच्चतम अंक जोडेकी थिइन् । उनले ६३ अंकको रेकर्ड स्लोभाकियाको पेनाटी गल्फ रिसोर्टमा रचेकी थिइन् । उनी २०१८ युएस वोमेन्स ओपनमा समेत छनोट भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्