यो युद्ध अन्त्य हुन दुई दशक लाग्न सक्छ: ज्याक मा



सांघाइ (एजेन्सी)
अमेरिकी अनलाइन ब्यापारमा अग्रणी वेवसाइट अलिबाबाडट कमका प्रमुख ज्याकमाले कमजोर ब्यापार नियमका कारण अमेरिका र चीन बीचको ब्यापार युद्ध अन्त्य हुन दुई दशक लाग्ने र यसमा सबै पक्ष मुछिँदै जाने बताएका छन् ।

वासिङटनले २ खर्ब डलरको चिनियाँ आयातमा अतिरिक्त शुल्क लगाएको घोषणा गरेको केही घण्टा नवित्दै अलिबाबा लगानी सम्मेलनमा माले उक्त कुरा राखेका हुन् । ब्यापारिक तनावले चिनियाँ तथा विदेशी कम्पनीहरुमा तत्काल र नकारात्मक असर पार्ने माले बताए । चिनियाँ ब्यवसायीहरुले अतिरिक्त शुल्कबाट राहत पाउन मध्य समयमा आफनो उत्पादन अन्य देशहरुमा सार्न सकिने पनि उनले अनुमान गरेका छन् ।

तपाई संघर्ष जित्न सक्छ तर युद्ध गुम्न सक्छ – हांगझाउमा सेयरधनीहरको कार्यक्रममा माले बताए । ‘मध्य अवधीमा धेरै संख्यामा चिनियाँ ब्यापारीहरु अन्य देशहरुमा जान सक्छ ‘ उनले थपे ।

लामो अवधीका लागि नयाँ ब्यापारिक नियम आवश्यक भएको माले बताए ।
डोनाल्ड ट्रम्प रिटायर भएपनि, नयाँ राष्ट्रपति आउनेछ , तर यो जारी नै रहनेछ । हामीलाई नयाँ ब्यापार नियम आवश्यक छ, डब्ल्युटीओलाई अद्यावधिक गर्न आवश्यक छ – उनले बताए ।

चीनको इन्टरनेट ब्यापारी प्रमुखका रुपमा आफना सेयरधनीका लागि माको यो अन्तिम सम्बोधन हो । माले गत बर्ष अमेरिकी राष्टपतिसँगको भेटमा अमेरिकामा १० लाख रोजगार सिर्जना गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्