बेलायत: मस्कमाथि मुद्दा



लन्डन (एजेन्सी)
यसैबर्षको जुलाइमा थाइल्यान्डको गुफामा फंसेका बच्चाहरुको उद्धार अभियानमा सहभागी बेलायती गोताखोर वरनान अवस्वर्थले अर्बपति इलोन मस्कमाथि मानहानीको मुद्दा हालेका छन् । मस्कले आफुलाई पटक पटक ‘बाल यौन शोषन गर्ने‘ भनिरहेको उनले बताए ।

उक्त घटनामा बाढीको पानीमा डुबेको गुफामा १२ केटा र उनका फुटबल कोच फँसेका थिए । कयौं दिनको प्रयास पछि उनीहरुलाई बचाउन सफल भएको थियो । टेस्ला कम्पनीका प्रमुख मस्कले विना कुनै प्रमाण गोताखोर अनस्वर्थ विरुद्ध कयौं आरोप लगाएका थिए र त्यसमा एउटामा उनले बच्चालाई बलात्कार गर्ने बाल यौन दुराचारी समेत भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्