मलेसियामा बिषाक्त मदिरा सेवन प्रकरण: ४ नेपालीको मृत्यु



काठमाडौ । विषाक्त मदिरा सेवनका कारण मलेसियाको बिभिन्न क्षेत्रमा कार्यरत ४ जना नेपाली श्रमिकको निधन भएको छ भने झण्डै ढेड दर्जनको हाराहारीमा घाईते भएर अस्पताल भर्ना भएका छन ।

मलेसियाको राजधानी क्वालालाम्पुर क्षेत्रका बिभिन्न ठाउंमा कार्यरत नेपाली सहित बिदेशी कामदारले छुट्टि मनाउने क्रममा बिषाक्त मदिरा सेवन गर्दा ४ जना नेपाली, २ जना बंगाली, १ जना भारतीय, १ जना मलेसियन नागरिकको मृत्यु भएको त्यहांको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर मारिएका अन्यको भने परिचय खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

मदिरा सेवन गरेर घाईते भएका मध्ये सुनगाल ब्लो अस्पतालमा मरेका ७ जना मध्ये ३ जना नेपालीको भने परिचय खुलेको छ । धादिङ गांगाजमुना ६ का आइतसिंह गोले, धादिङ बसेरी कै विबश घले, ठेगाना नखुलेका बिशाल बुढाथोकी र सन्जय उराउ रहेको स्लेङगोर प्रान्तका प्रहरी प्रमुख दातुक पहलावान म्याजलन मनसोरले बताएका छन ।

सो क्षेत्रमा सोमबार सार्वजनिक बिदा परेको कारण छुट्टीमा रहेका नेपाली सहित बिदेशी कामदारले मदिरा सेवन गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मलेसियाको काजाङ, सुनागाल, सेलापाङ लगायतका क्षेत्रमा रहेको मदिरा बिक्रि केन्द्रबाट खरिद गरेर ल्याएको किङपिसर बियर, म्याण्डले ह्विस्की, ग्राण्ड रोयल ह्विस्की पिएका नेपाली सहित बिदेशी कामदारको मृत्यु भएको बताईएको छ ।

बिषाक्त मदिरा सेवनका कारण नेपाली सहित १५ जनाको मृत्यु भएको र ४८ जना घाईते भएको पनि अन्ताराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
मदिरा सेवनपछि वाकवाक लाग्ने, बान्ता हुने जस्ता समस्या देखापरेपछि उनीहरु सुनगाल बुलोह अस्पताल, काजाङ अस्पताल, सेलापाङ लगायतका अस्पतालमा भर्ना भएका थिए ।

मलेसियमा ८ बर्ष देखि काम गर्दै आएका आइतेसिंह गोलेकी श्रीमती डोल्मोमाया गोले मलेसियामा नै रहेकी छिन । श्रीमानको मृत्युपछि भावबिह्वल बनेकी डोल्मोमायाले श्रीमानले रक्सी पिएको जानकारी आफुलाई भएको र उहांले वाकवाक लाग्यो भनेपछि अस्पताल पु¥याएको केही बेरमा नै निधन भएको जानकारी आफुलाई अस्पतालले दिएको बताउनु भएको मलेसियाको अनलाईन पत्रिका द स्टारले जनाएको छ ।

उक्त घटनामापरी ७ जना नेपालीको मृत्यु भएको भनिएपनि यो समाचार तयारपार्दा सम्म पुष्टी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्