अभावमा स्थिरता संभव हुँदैन– रेग्मी



नेपाल समाचारपत्र, काठमाडौं ।

मन्त्रीपरिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मीले सुशासन एवं भ्रष्टाचार मुक्त शासन आजको आवश्यकता भएको बताउनु भएको छ । जनताले अनुभूत गर्ने गरी सुशासन एवं भ्रष्टाचार मुक्त शासन सञ्चालन हुन सक्दा नै समृद्धिहरुलाई वल पुग्ने भन्दै उहाले अभावमा स्थिरता संभव नहुने पनि बताउनु भएको छ ।

संविधान दिवशको पुर्व संन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पुर्व अध्यक्ष रेग्मीले राजनीतिक स्थायित्व, संविधानको कार्यान्वयन एवं विकास र समृद्धि अन्योन्याश्रित रुपले अघि वढ्ने विषय भएको औल्याउदै नेपाली जनता यसैको पर्खाइमा छन् र लोकतान्त्रिक संघर्षको प्रतिफल साकार रुपमा हेर्न चाहेको बताउनु भएको छ ।

‘अव पनि प्रतिक्षाको विषय वनी रहन सक्दैन, समयले जनतालाई आतुर वनाई सकेको छ’ रेग्मीले भन्नुभएको छ– किनकि विश्व परिवेश तीव्र गतिमा अघि वढी रहेको छ र परिस्थितिले हामीलाई घचघच्याई रहेछ । त्यसैले जन चाहना र अपेक्षाले अव छिटै साकार रुप लिदै जाओस् भन्ने कामना गर्दछु । रेग्मीले नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गदै आएका संघर्षहरुवाट प्राप्त संघीय गणतान्त्रिक लोकतन्त्र हाम्रो महत्वपूर्ण उपलब्धि भएको भन्दै भवर्तमान नेपालको संविधान त्यसलाई संस्थागत गर्ने विशिष्ट दस्तावेज हो । यसले राखेको उद्देश्य र कोरेको मार्ग चित्र हाम्रो महत्वपूर्ण गन्तव्य भएको पनि बताउनु भएको छ ।

नागरिक स्वतन्त्रता, मानव अधिकार स्वतन्त्र न्यायपालिका, विधिको शासन र सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास एवं समृद्धि राज्यको प्रमुख लक्ष्य रहेको छ । संविधानत: तीनै तहको निर्वाचन र सरकार गठन पश्चात् राज्यका काम कारवाहीहरुले गति लिएका छन् ।

असन्तुष्ट पक्ष विभिन्न माग राखी आन्दोलन गरी रहेका राजनीतिक दल, संगठन तथा सशस्त्र समूह संग वार्ता गरी मूल धारमा ल्याउन र भै सकेका सहमति र समझदारीलाई कार्यान्वयनमा ल्याउने पहल स्वरुप सरकारले वार्ता समिति गठन गरी प्रकृया थालनी हुनु संविधान र त्यसको पूर्ण कार्यान्वयनको महत्वपूर्ण श्रृंखला हो । मौलिक हक संवन्धी कानूनहरु निर्माण प्रकृयामा अघि वढी रहेका छन् । मन्त्रीपरिषदका पुर्व अध्यक्ष रेग्मीले भन्नुभएको छ– यी कदमहरुलाई कार्यान्वयनमा ल्याउन सवै तहका सरकारको समन्वय र सहकार्यको कृयाशीलता र गंभीरता अत्यावश्यक छ ।

पहिलो संविधानसभा विघटन भएपछि दोस्रो संविधान सभाको निर्वाचन गर्न दलिय नेतृत्वको सरकार गठन गर्न नसक्दा राजनीतिक दलहरुले प्रधानन्यायाधिश रहेका रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाएका थिए । रेग्मीले सफलतापुर्वक दोस्रो संविधानसभाको निर्वाचन गराउनु भएको थियो । त्यहि सभाले नेपालमा नयाँ संविधान जारी गरेको थियो । रेग्मीले संविधान दिवसको अवसरमा संविधानको भावना र मर्म अनुसार यसको प्रतिफल जन–जनमा पुग्ने वातावरण निर्माणमा संपूर्ण नेपाली प्रतिवद्ध भई लाग्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्