भूकम्पबाट क्षतिग्रस्त बिद्यालयको ४ वर्षपछि पूननिर्माण



नेपाल समाचारपत्र, पर्वत ।
भूकम्पका कारण क्षतिग्रस्त पर्वतको जलजला गाउँपालिका वडा नं ७ स्थित कृष्णभवन धर्म माध्यामिक बिद्यालयको भवन पूननिर्माण भएको छ ।

भूकम्पले भत्केपछि बिभिन्न निकायको आर्थिक सहयोगमा चार बर्षपछि चार कोठे पक्की भवन निर्माण गरिएको हो । बिद्यालयमा नवनिर्मीत भवनको प्रतिनिधीसभाका सदस्य पदम गिरीले उद्घाटन गरे ।

भुकम्पले विद्यालयका ८ वटा कक्षाकोठा पूर्णरुपमा भत्किएका थिए । भूकम्पपछि भवन अभाबमा बिद्यार्थीलाई खुल्ला आकाशमा पठाउनुपर्ने बाध्यता थियो । तत्कालिन जिल्ला विकास समितिको १५ लाख र जिल्ला शिक्षा कार्यालय पर्वको २१ लाखको सहयोगमा भवनको पुर्ननिर्माण गरिएको छ । कुल ६४ लाखमा निर्माण सम्पन्न भवनको बाँकी रकम आन्तरिक स्रोतबाट ब्यबस्थापन गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक आचार्यले जानकारी दिए । नयाँ भवनबाट पठनपाठनमा केही सहज भएपनि अझै पनि कक्षाकोठाको भने अभाब रहेको अध्यक्ष आचार्यले बताए ।

साँसद गिरीले केन्द्रिय सरकारले भौतिकपूर्वाधार निर्माणकाठूला योजनाहरुमा सहयोग गर्ने भएपनि विद्यालयजस्तो संवेदनशिल क्षेत्रमा पनि केन्द्रिय सरकारले ठूला पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने धारणा राखे । उनले बिद्यालयको भौतिकअवस्था सुधारकालागि ३ वटै तहका सरकारहरु गम्भिर हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्