अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई ४ गते



नेपाल समाचारपत्र, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई ४ गते बिहिबार हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको मंगलबार(आज) बसेको बैठकले घिमिरेलाई ४ गते बोलाउने निर्णय गरेको हो । संवैधानिक परिषद्ले हालै मात्र अख्तियारका आयुक्त घिमिरेलाई प्रमुख आयुक्त बनाउन सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्