महतो मेमोरियललाई जापानको मोबाइल मेडिकल कार



नेपालको दुर्गम क्षेत्रका जनतालाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले जापान सरकारको तर्फबाट सिरहास्थित फँलकुमारी महतो मेमोरियल अस्पताललाई मोबाइल मेडिकल कार प्रदान गरिएको छ।

नेपालका लागि जापानका राजदँत मासामिशी ओगावाले एक समारोहका बीच उक्त मोबाइल क्लिनिक फँलकुमारी महतो मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. शिवशंकर शाहलाई हस्तान्तरण गर्नुभयो।

टोयोटा हायस गाडीलाई जापानस्थित टोयो फ्याक्ट्रीले मोबाइल क्लिनिकको स्वरूप प्रदान गरी उपलब्ध गराइएको उक्त मोबाइल मेडिकल क्लिनिकबाट सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र धनुषाका जनताले लाभ पाउने छन्।

जापानमा अध्ययनरत नेपालीलगायतका विश्वका विभिन्न देशका विद्यार्थीको संस्था आईज्याक नेपालको पहलमा जापान सरकारको ग्रास रुट परियोजनाअन्तर्गत उक्त कार नेपाललाई प्राप्त भएको हो।

प्रतिक्रिया दिनुहोस्