इमेज अवार्डको मनोनयन सार्वजनिक



इमेज च्यानलले २ दशकदेखि आयोजना गर्दै आएको नेपाली संगीत क्षेत्रको चर्चित अवार्ड २०औं इमेज अवार्डको मनोनयन सँची सार्वजनिक गरेको छ।

इमेज च्यानलद्वारा सोमबार राजधानीको सोल्टी क्राउन प्लाजा होटलमा आयोजित एक कार्यक्रमबीच १८ विधामा उत्कृष्ट ५ को मनोनयन सँची सार्वजनिक गरेको छ। उत्कृष्ट ५ मध्येबाट विजेता छनोट गरी आगामी असोज २० गते अवार्ड प्रदान गरिने इमेजका अध्यक्ष आरके मानन्धरले जानकारी गराए।

विगतका वर्षझैं यस वर्ष पनि गीत, संगीत, रचनालगायत म्युजिक भिडियो र पब्लिक च्वाइस अवार्ड समँह गरी जम्मा १८ विधाका उत्कृष्ट ५÷५ मनोनयन सार्वजनिक गरिएको हो। २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्युजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको मानन्धरले जानकारी गराए। १७ विधाका मनोनयनलाई नेपाली सांगीतिक क्षेत्रका विज्ञबाट मँल्यांकन गरिएको र सोही ५ मध्येबाट उत्कृष्ट चयनका लागि प्राविधिक मत संगीत क्षेत्रका विज्ञबाट नै लिइने कार्यक्रममा जानकारी गराइयो।

यसपटक पनि मात्र एक विधा पब्लिक च्वाइस अवार्डका लागि एसएमएस भोटिङ खुला गरिएको छ। यसका साथै गीत संगीत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत संगीतकार प्रकाश गुरुङलाई इमेज लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने मानन्धरले जानकारी गराए। यसै गरी ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पर्सनालिटी अफ द इयर प्रदान गरिने भएको छ। कार्यक्रममा मनोयनमा पर्ने संगीतकर्मीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्